केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक ।
त्रिशुली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरु मध्ये १२ जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा सप्तरी जिल्लाका आदित्य यादव, रेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झा, सिम्मी कुमारी झा, चन्द्रावती झा, पार्वती चौधरी, चन्द्र रेखा पमानी र भारत मधुवनीको ममतादेवी ठाकुर, सिरहाका राज कपुर यादब रहेका छन् ।
राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४६७ नम्बरको यात्रुवाहक बस गजुरी गाउँपालिका अन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको थियो । उद्दारका लागि खटिएका गोताखोरले ७ महिला, ३ नाबालक र ९ पुरुषको शव निकालेको छ । १५ जनालाई घाइते अबस्थामा उद्धार गरिएको छ । घाइते मध्ये दुर्गानन्द चौधरी र उनका छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब, नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार, बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।
बसमा करिव ५० जना यात्रु थिए । बस धेरै यात्रु रहेकाले मृतक बढ्न सक्ने प्रहरीको जनाएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । उद्धार कार्य गर्न सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ ।































प्रतिक्रिया