त्रिशुली दुर्घटना: मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

त्रिशुली दुर्घटना: मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक । 

त्रिशुली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरु मध्ये ९ जनाको सनाखत भएको छ ।

सनाखत हुनेमा सप्तरी जिल्लाका आदित्य यादव, रेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झा, सिम्मी कुमारी झा र पार्वती चौधारी र भारत मधुवनीको ममतादेवी ठाकुर, सिरहाका राज कपुर यादब रहेका छन् । 

राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४६७ नम्बरको यात्रुवाहक बस गजुरी गाउँपालिका अन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको थियो । उद्दारका लागि खटिएका गोताखोरले ७ महिला, ३ नाबालक र ९ पुरुषको शव निकालेको छ । १५ जनालाई घाइते अबस्थामा उद्धार गरिएको छ । घाइते मध्ये दुर्गानन्द चौधरी र उनका छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर  अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब, नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार, बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा  सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् । 

बसमा करिव ५० जना यात्रु थिए । बस धेरै यात्रु रहेकाले मृतक बढ्न सक्ने प्रहरीको जनाएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । उद्धार कार्य गर्न सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ ।

Skip This
Skip This
Logo