काठमाडौं,११, कार्तिक
एक पटक अर्थमन्त्री र एक पटक प्रधानमन्त्री समेत भइसकेका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेसबुक बाटै चुनाव लड्नका लागि भन्दै पैसा संकलन गर्न थालेका छन् । "/>

चुनाव खर्च जुटाउन पूर्वप्रधानमन्त्री भट्टराईलाई फेसबुकको साहारा

चुनाव खर्च जुटाउन पूर्वप्रधानमन्त्री भट्टराईलाई फेसबुकको साहारा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,११, कार्तिक
एक पटक अर्थमन्त्री र एक पटक प्रधानमन्त्री समेत भइसकेका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेसबुक बाटै चुनाव लड्नका लागि भन्दै पैसा संकलन गर्न थालेका छन् । आसन्न संसदीय निर्वाचनका लागि चुनाव खर्च जुटाउन भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाटै आर्थिक संकलन अभियान थालेका हुन् । निर्वाचनलाई मितव्ययी, स्वच्छ र पारदर्शी बनाउन खुला स्वेच्छिक आर्थिक सहयोगको आग्रह गरेको भट्टराईले फेसबुकमा लेखेका छन् । ‘म अपारदर्शी लगानी होईन, तपाइँहरुको खुला स्वेच्छिक सहयोग चाहन्छु’ भट्टराईले भनेका छन् ।
रकम जम्मा गरिदिन उनले ग्लोबल आईएमई बैंक कान्तिपथ, काठमाडौं शाखाको खाता नम्बर र स्विफ्ट कोड समेत दिएका छन् । गृहजिल्ला गोरखा क्षेत्र नम्बर–२ बाट मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भट्टराई चुनावी मैदानमा लोकतान्त्रिक गठबन्धनबाट उत्रिएका छन् । त्यस्तै वाम गठबन्धनबाट माओवादीका नेता नारायणकाजी श्रेष्ठ उनलाई पछार्ने दाबीका साथ चुनावी मैदानमा उत्रिए सकेका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo