काठमाडौं,११, कार्तिक
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम (एनभिभिएन)सँग विद्युत खरिद सम्झौता नवीकरण गरेको छ । "/>

विद्युत खरिद सम्झौता नवीकरण भयो

विद्युत खरिद सम्झौता नवीकरण भयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,११, कार्तिक
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम (एनभिभिएन)सँग विद्युत खरिद सम्झौता नवीकरण गरेको छ । हिजो भारतको राजधानी नयाँ दिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारी बीच उक्त सम्झौता नवीकरण भएको हो । पछिल्लो पटक नवीकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गते सम्म कायम रहनेछ । त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नयाँ दिल्लीबाट जानकारी दिए । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट सो सम्झौता अनुसार १६० मेगावाट विद्युत आयात गरिनेछ । उक्त विद्युत प्रतियुनिट ५.७७ मा आयात हुनेछ । नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका प्रवक्ता अधिकारीले जानकारी दिए । एनभिभिएन नेपालमा विद्युत् उपलब्ध गराउने भारतको ‘नोडल एजेन्सी’ हो ।
रासस

Logo