काठमाडौं,११, कार्तिक
एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँढफाँढ टुंगो लगाएका छन् । "/>

११० सिटमा वाम गठबन्धनले तालमेलको सहमति गरे

११० सिटमा वाम गठबन्धनले तालमेलको सहमति गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,११, कार्तिक
एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँढफाँढ टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबार सम्म टुंगो लाग्ने नेताहरुले जनाएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँढफाँढमा सहमति जुटेको छ । स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल जारी रहेको बताइएको छ । प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँढफाँढ भएको छ । स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्व लगायतका आधारमा सिट बाँढफाँढ गरिएको नेताहरुले बताए ।
नेपाल समाचारपत्रबाट

Logo