काठमाडौँ, १०, कात्तिक
छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्। "/>

राजधानीमा पनि छठको उल्लास तराईको जस्तै

राजधानीमा पनि छठको उल्लास तराईको जस्तै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १०, कात्तिक
छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्। उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्।

कात्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबार देखि शुरु भएको हो। छठको मुख्य दिन बिहीबार बेलुकी व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।पछिल्ला दिनहरुमा राजधानीका नदी तथा जलाशयहरुमा पनि छठ मनाउनेहरुको उच्च भिड लाग्ने गरेको छ ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo