बाग्लुङ्गमा आइएमई लाइफ इन्सुरेन्सको शाखा बिस्तार

बाग्लुङ्गमा आइएमई लाइफ इन्सुरेन्सको शाखा बिस्तार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । बाग्लुुङ्ग ,९ कात्तिक ।
आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडको शाखा बाग्लुुङ्गमा हिजो देखि विस्तार भई संचालनमा आएको छ । शाखा विस्तार कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्ईंले स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्तदुरुत्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापन गर्ने बताए । उनले ग्राहकहरुलार्ई आफनो र परिवार सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि आग्रह गरे ।
त्यसैगरि आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगी, व्यावसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको साथसाथै मेची देखि महाकाली सम्म बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि समेत यस आइएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको बताए ।
त्यसैगरि कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताए ।
उनले बाग्लुुङ्ग शाखा सहित देश भरी खोलिने ५५ वटा शाखाहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्र्नेे बताए । उनले कम्पनीले १ बर्षभित्र सर्बसाधारणलाई शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूंजी रु. २ अर्ब पुग्ने समेत बताए ।
बाग्लुङ्गमा आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडको शाखा बिस्तार भएको दिन नै शाखाले २० लाख बीमा शुल्क आर्जन गरेको लिमिटेडका महाप्रबन्धक राकेश पोखरेलले बताए ।
शाखा विस्तार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, जिल्ला न्यायधीश, मेयर, स्थानिय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानिय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, बाग्लुुङ्ग स्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न यातायात समितिका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Logo