काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ। उनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो ।
उनी लामो समयदेखि मधुमेह र रक्तचापका विरामी थिए । उनी कांग्रेसका समानुपातिक सांसद हुन्।
केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका थिए । पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका उनी ०७४को प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी नेपालकै सफल उद्योगी पनि हुन् । प्रसिद्ध रारा चाउचाउ उनकै कम्पनी हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केसीको निधनले आफूलाई अत्यान्तै दुःख लागेको र पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।
































प्रतिक्रिया