काठमाडौें, ८, कात्तिक
अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ । यसले नेपालका उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन् । "/>

अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य घट्यो

अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौें, ८, कात्तिक
अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ । यसले नेपालका उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन् । सरकारले चिनीको आयातमा भन्सार महसुल नबढाए नजिकै आइरहेको क्रसिङ सिजनमा उखुको भाउ नपाउने निश्चित छ । चिनी उत्पादक संघका उपाध्यक्ष राजेश केडियाले भने, “स्थानीय उद्योगले ६० रुपैयाँमा चिनी बेच्नुपर्यो भने, किसानलाई पोहोर दिइएको उखुको मोल (क्विन्टलको ५३१ रुपैयाँ) दिन सकिंदैन ।”

नेपाली उद्योगले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । केही महिना अघि साल्ट ट्रेडिङले टनको पाँच सय ९८ डलरको भाउमा चिनी आयात गरेको थियो । अहिले अन्तराष्ट्रिय भाउ ३९० को हाराहारीमा झरिसकेको छ । यो भाउमा चिनी आयात गर्दा नेपाल भित्र्याउँदा सम्म आयातकर्ताको लागत किलोको ६० रुपैयाँ पर्न आउँछ ।
नागरिकबाट

Skip This
Skip This
Logo