काभ्रे, ८, कात्तिक
आगामी मसिंर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाताले मतदान गर्न पाउने भएका छन् । यो संख्या स्थानीय तहको निर्वाचन भन्दा ४१ हजार ४ सय ३८ धेरै हो । जिल्लामा रहेका कुल मतदाताहरु मध्ये महिला १ लाख ३५ हजार ३ सय ९७, पुरुष मतदाता १ लाख ३६ हजार ८ सय ८९ र तेश्रो लिंङ्गी एक जना रहेका छन् । महिला मतदाता भन्दा पुरुष मतदाताको संख्या १ हजार ४ सय ९२ ले मात्रै धेरै छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलका अनुसार जिल्लामा फोटो सहितको मतदाता नामावलीमा फोटो खिचाउनेहरुको संख्या जिल्ला भित्रको २ लाख ७१ हजार ८ सय ४१, जिल्ला बाहिरको ८ सय ४० रहेको थियो । काभ्रे जिल्लामा जन्मिएर विभिन्न स्थानबाट फोटो खिचाउनेहरु सहितको नामावली जिल्लामा प्राप्त भएको छ । स्थानीय तहको निर्वाचनमा २ लाख ३० हजार ८ सय ४९ मतदाताको नामावली प्रकाशन भएको थियो ।
निर्वाचनका लागि जिल्लामा १ सय ८९ मतदान स्थल परिवर्तन भएको छैन । ३ सय ७ वटा मतदान केन्द्र मतदाता संख्या बढेपछि केहि बढ्ने सम्भावना देखिएको छ । १ हजार ६४ मतदाता बराबर एक मतदान केन्द्र निर्धारण हुनेछ । प्रतिनिधि सभाका लागि दुईवटा मात्रै निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोक जिल्लामा सबै भन्दा धेरै मतदाता दुई नम्वर क्षेत्रमा रहेको छ । जसमा ६८ हजार ९ सय ९० पुरुष, ६९ हजार ५ सय २२ महिला मतदाता रहेका छन् । जम्मा मतदाताको संख्या १ लाख ३८ हजार ५ सय १२ रहेको छ । क्षेत्र नम्बर १ मा ६७,८९९ पुरुष, ६५, ८७५ महिला गरी १ लाख ३३ हजार ७ सय ५५ जना मतदाता रहेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया