केन्द्रबिन्दु संवाददाता । बाँके, ७ कात्तिक ।
विद्युत मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसंग घुस माग्ने विद्युत प्राधिकरणका एक प्राविधिकलाई घुससहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले पक्राउ गरेको छ । आयोगको कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाइट बाँके शाखाका प्राविधिक जयराम न्यौपानेलाई ९ हजार घुससहित पक्राउ गरेको हो ।
उजुरीको आधारमा अख्तियारले गरेको कारवाहीमा प्राविधिक न्यौपानेले सेवाग्राहीसंग नौ हजार घुस रकम लिँदै गरेको अवस्थामा उनलाई कार्यालय परिसरबाटै घुस रकमसहित रंगे हात पक्राउ गरिएको निमित्त कार्यालय प्रमुख नारायण दत्त उपाध्यायले बताए । उनले आरोपित न्यौपानेमाथि अनुसन्धान भइरहेको अखितयारले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले प्राविधिक न्यौपानेले सेवाग्राहीसँग विद्युत मिटर जडानका लागि घुस मागेको निवेदनको आधारमा पक्राउ गरिएको जाननकारी दिएको छ ।































प्रतिक्रिया