केन्द्रबिन्दु संवाददाता । मोरङ, ६ कात्तिक ।
मोरङमा २ वडा बाट प्रहरीले ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका १५ र १७ नम्बर वडाका बस्ती, होटल तथा विभिन्न भट्टी पसलमा चेकजाँच गर्ने क्रममा ५ सय लिटर मदिरा बरामद गरेको हो ।
प्रहरीले उक्त स्थानबाट मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा भाँडाकुँडा समेत बरामद गरेको हो । “अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान” अन्र्तगत आज बिहान उक्त अबैध घरेलु मदिरा बरामद गरेको हो ।
बरामद गरिएको उक्त मदिरा तथा कच्चा पदाथ लगायतको सामान आन्तरिक राजस्व कार्यालय बिराटनगर बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।































प्रतिक्रिया