काठमाडौं, ६, कार्तिक
निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ । "/>

व्यापक सहभागिताका वीच मनोनयन दर्ता भएको आयोगद्धारा जानकारी

व्यापक सहभागिताका वीच मनोनयन दर्ता भएको आयोगद्धारा जानकारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, कार्तिक
निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ । निर्वाचन आयोगमा हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवार बीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताए । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद गठनका लागि भएको निर्वाचन आफैंमा पनि ऐतिहासिक रहेको बताउँदै उनले हिजोको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गरे ।

निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचना अनुसार ४५० भन्दा बढी मनोनयन दर्ता भएको सो अवसरमा जानकारी दिइयो । प्रतिनिधिसभा तर्फ ३७ निर्वाचनक्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि हिजो बिहान १० बजे देखि अपराह्न ५ः०० बजे सम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था गरिएको थियो । उम्मेदवारी दर्ता गर्न हिजो ५ः०० बजे भित्र सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । उम्मेदवारको मनोनयन दर्ता भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवार विरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।
रासस

Skip This
Skip This
Logo