दार्चुला , ६, कार्तिक
जिल्लाको महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप हिजो दुर्घटना भएको छ । सदरमुकाम खलंगा देखि मालिकार्जुनतर्फ गइरहेको से १ ज ५९६ नं.को जिप सोत¥यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ओरालो खोल्सामा सडकबाट १०० मिटर तल खोलामा पल्टेको जिपमा दुई जना मात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जिप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
रासस































प्रतिक्रिया