गोरखा, ५, कात्तिक

गोरखामा २० हजार ४ सय २ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा १ लाख ८९ हजार ४ सय ४८ मतदाताको नाम मतदाता नामावलीमा समावेश भएको छ । "/>

गोरखामा २० हजार ४ सय २ जना मतदाता थपिए

गोरखामा २० हजार ४ सय २ जना मतदाता थपिए

केन्द्रबिन्दु
0
Shares

गोरखा, ५, कात्तिक

गोरखामा २० हजार ४ सय २ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा १ लाख ८९ हजार ४ सय ४८ मतदाताको नाम मतदाता नामावलीमा समावेश भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ९८ हजार ६ सय २२ जना मतदाता रहेका छन् भने प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा ९० हजार ८ सय २६ जना मतदाता रहेका छन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचनक्षेत्र नम्वर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ मा ५२ हजार २ सय ६४ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका मोहन भट्टराइले बताए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशक्षेत्र नम्वर २ मा ४६ हजार ३ सय ५८ जना मतदता रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा क्षेत्र नम्वर १ मा ४३ हजार पाँच सय ४३ हजार ५ सय ७५ जना मतदाता रहेका छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ४७ हजार २ सय ५१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नयाँपत्रिकाबाट

Logo