काठमाडौँ, ४ कार्तिक
भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका छन्। "/>

पूर्वराजा ज्ञानेन्द्रले भाईटीका लगाउँदै दिए विवादास्पद अभिव्यक्ति

पूर्वराजा ज्ञानेन्द्रले भाईटीका लगाउँदै दिए विवादास्पद अभिव्यक्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ कार्तिक
भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका छन्।

रुपान्तरित संसद विघटन भएको र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्ति आएको हो। शनिबार भाइटीका लगाउन कान्छी बहिनी शोभा शाहीको निवासमा पुगेका ज्ञानेन्द्रले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, भाइटीकाको दिन पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’

उनले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनु पर्ने भने दोहोर्याए। ‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उनले थपे।

उनले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको भन्दै आफू सक्रिय हुने सक्ने संकेत गरेका हुन् ।

Skip This
Skip This
Logo