कात्तिक, ४, काठमाडौं
आज यमपंचक अर्थात तिहारको अन्तिम दिन हो । यस दिन दिदी बहिनीहरुले आफ्ना दाजूभाईहरुलाई टिका लगाईदिने चलन छ । दाजुभाईहरुले पनि दिदी बहिनीलाई सकेको दान दक्षिणा दिने गर्दछन् । यस दिन दिदीबहिनी नहुने दाजुभाई हरुले राजधानीको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा टिका लगाउने गर्दछन् । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मीठा परिकार खुवाउने गर्छन् । तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । आजका दिन यमराजले पनि आफ्नो नियमित काम छोडेर बहिनी यमुनाको हातबाट टिका लगाएको धार्मिक मान्यता छ । तेलको घेरा बनाई टिका लगाइदिंदा दाजुभाईको दीर्घायु हुने विश्वास गरिन्छ । आज भाईटिकाको साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताईएको छ ।































प्रतिक्रिया