काठमाडौँ, ३, कात्तिक
अपाङ्गता भएका व्यक्तिलाई नेत्रदान तथा आँखा शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ । "/>

आँखा दान तथा आँखा शिविर संचालनका लागि सामूहिक देउसी

आँखा दान तथा आँखा शिविर संचालनका लागि सामूहिक देउसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३, कात्तिक
अपाङ्गता भएका व्यक्तिलाई नेत्रदान तथा आँखा शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।  आगामी मंसिर १७ गते पर्ने अपाङ्गता दिवसका सन्दर्भमा सोही नगरपालिकाको चुनदेवीमा शिविर सञ्चालन गरिने प्रालिका अध्यक्ष वसन्त खत्रीले बताए। उनले समाजमा सकारात्मक चलखेलका लागि आफूहरुले रचनात्मक गतिविधि गर्दै आएको जानकारी दिए । कार्यक्रममा समाजसेवी एवं कलाकार लंकप्रसाद चौलागाईं लगायतले शुभकामना व्यक्त गरेका थिए । सामूहिक देउसीमा कलाकारहरु दीपक आचार्य, सूर्यमणि आचार्य, विष्णु लामा, विष्णु थापा, शरद बुढाथोकी, श्याम विश्वकर्मा, किशोर कुँवर र सीता घिमिरेले प्रस्तुति दिएका थिए ।
रासस

Logo