केन्द्रविन्दु सम्वाददाता । मोरङ, २ कार्तिक । मोरङ प्रहरीले २ लाख नगदसहित १७ जुवाडेलाई पक्राउ परेको छ । जुुवातास खेलीरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
बिराटनगर महानागरपालिका १७ स्थित निरज श्रेष्ठको घरमा जुवा खेलीरहेको बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनीहरुलाई बिभिन्न ठाउँ पक्राउ गरेको हो । प्रहरीले जुवातासको खालबाट नगद २ लाख २८ हजार ४ सय ३८ रुपैँया, ३ बुक तास, तास खेल्न प्रयोग गरिएका गलैंचा, डस्ना लगायतका सामान समेत बरामद गरेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।





























प्रतिक्रिया