खड्यौलीमा बस दुर्घटना, तीनजनाको मृत्यु

खड्यौलीमा बस दुर्घटना, तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

डोटी, २ कात्तिक । बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । 

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । रासस

Logo