काठमाडौं,२, कार्तिक
नेकपा माओवादी केन्द्रका विनाविभागिय बनेका मन्त्रीहरुले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । यस अघि २९ असोजमा समानुपातिक तर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यस लगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरूको छ । माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने बताइन् ।
राजधानीबाट































प्रतिक्रिया