बर्दिबास ,२, कार्तिक
जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक सातामा जिल्लाको विभिन्न भागबाट १० लाख मूल्य बराबरको पटाका नियन्त्रणमा लिएर नष्ट गरेको छ। दीपावली, तिहार र छठमा पड्काउन भारतबाट नेपालमा लुकाई छिपाई ल्याएको अवैध पटाका नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको हो । पटाका सुरक्षा चुनौती बढ्ने ठहर गर्दै प्रहरीले नियन्त्रणमा लिदैं, ठाउँको ठाउँ पानीमा डुबाउदैं, खाल्टो खनि नष्ट गर्दै आएको छ। तिहार सुरक्षा योजना बनाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्ना मातहतका सम्पूर्ण इलाका प्रहरी कार्यालय, प्रहरी चौकी मार्फत पटाका नियन्त्रणमा लिएर नष्ट गर्ने काम गरिरहेको छ। दीपावली र छठमा विशेष रुपमा बच्चा र युवाले पटाका पड्काउने गरेका छन्।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया