केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ कात्तिक ।
राजधानी काठमाडौंमा नै प्रहरीले ठुलो परिमाणमा (आतसबाजी) पटाका बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौ महानगरपालिका ७, असनबाट ठुलो परिमाणमा पटाकासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा महांकालस्थानमा अमृत प्रसाद चौलागार्इंले संचालन गरेको पसलबाट विभिन्न प्रकारका ३६५४ प्याकेट र खुल्ला अवस्थामा रहेका ४ बोरा पटाकासहित चौलागार्इंलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पूर्णचन्द्र जोशीले बताए ।































प्रतिक्रिया