काठमाडौँ, १ कार्तिक
मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति सार्नुपर्ने र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रयोग हुने मतपत्र छुट्टाछुट्टै हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको फैसला आज हुने भएको छ । राजपा नेता सर्वेन्द्रनाथ शुक्लद्वारा दायर रिटको अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरू छलफलमा रहेकाले निर्णय आज सुनाउन लागिएको हो । राजपा नेताले प्रतिनिधिसभाको निर्वाचन सार्नुपर्ने, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर चारवटा मतपत्र हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सो रिटको सुनुवाइ भएको थियो ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया