किशोरवयमा मासिक स्राव, कहिले र कसरी हुन्छ ?

किशोरवयमा मासिक स्राव, कहिले र कसरी हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३१ असोज ।

मासिक स्राव महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । यसको सुरुआत किशोरवयमा पुगेपछि हुन्छ । त्यसको निश्चित उमेर भने हुँदैन । कसैलाई आठ वर्षको उमेरमा हुन्छ भने कसैलाई १७ वर्षको उमेरमा पनि सुरु हुन सक्छ ।

आठ वर्षको बच्चीलाई मासिक स्राव हुने बेला त्यसबारे खास जानकारी नहुन सक्छ । उनीहरू योनीबाट रगत बग्नासाथ अत्तालिन थाल्छन् । त्यसैले यस प्रक्रियाबारे अभिभावक खासगरी आमाले बच्चालाई जानकारी गराउनुपर्छ ।

मासिक स्राव एक शारीरिक प्रक्रिया हो, जो हरेक महिलामा हरेक महिना हुन्छ । सामान्यत: यो २८ दिनको चक्रमा हुन्छ । कसैलाई दुई/तीन दिन अघि र कसैलाई पछि हुनसक्छ ।

मासिक स्रावको बेला यौनाङ्गबाट रगत बग्छ । र, यो तीनदेखि पाँच दिनसम्म रहन्छ । दोस्रो वा तेस्रो दिन बढी रगत प्रवाह हुन्छ । कति महिलालाई यस क्रममा पेट तथा कम्मर दुख्ने समस्या हुन्छ ।

स्यानिटरी प्याडको जोहो
मासिक स्रावअघि स्यानिटरी प्याडको जोहो गर्नुपर्छ । यो बढीमा छदेखि आठ घण्टामा बदल्नु पर्छ । लामो समयसम्म एउटै स्यानिटरी प्याड प्रयोग गर्दा त्यसमा ब्याक्टेरिया फैलने सम्भावना हुन्छ ।

यौनाङ्गको सफाइ
यौनाङगको सफाइमा एकदमै ध्यान दिनुपर्छ । मासिक स्रावको बेला यौनाङ्गमा संक्रमणको भय हुने भएकाले पनि सामान्य दिनमा भन्दा बढी यस समयमा सरसफाइ गर्नुपर्छ ।

पाउडर, क्रिमको प्रयोग नगर्ने
मासिक स्रावका बेला यौनाङ्गमा सुगन्धित चिज जस्तो कि पाउडर, क्रिम प्रयोग गर्नु हुँदैन ।

आइरनयुक्त खानेकुरा खाने
मासिक स्रावको बेला शरीरमा आइरनको कमी हुन्छ । त्यसैले यस्तो खानेकुरा सेवन गर्नुपर्छ, जो आइरनको स्रोत होस् । त्यससँगै सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

(एजेन्सीको सहयोगमा)

 

Skip This
Skip This
Logo