काठमाडौं, ३० असोज । अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेन कसरी मारिए ? धेरैले यसको बेलिबिस्तार लगाइसकेका छन् । तर, मृत्युको सम्मुखमा पुग्नुअघि कुख्यात अपराधी भनिएका ओसामा के गर्दै थिए ? केहि समयअघि यसको रहस्योद्घाटन गरेकी छिन् उनकै चौथो पत्नी अमालले ।
सन् २०११ मे १ को रात अमेरिकी सैनिकले लादेनमाथि हमला गरेका थिए, पाकिस्तानमा । उक्त रातको बारेमा लादेन पत्नी अमालले एक पुस्तकमार्फत आफ्नो दुखान्त अनुभव सुनाएकी हुन् । स्कट क्लर्क र एड्रिन लेवीले आफ्नो पुस्तक ‘द एग्जाइल: द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यु मिनेट्स अफ ९/११ मास्टरमाइन्ड्स लाइफ’ मा उक्त रातको बयान गरेकी छन् । यस पुस्तकको अंश सन्डे टाइम्स बेलायतले प्रकाशित गरेको छ ।
रातको खाना खाने र भाँडा बर्तन सफा गरिसकेपछि लादेन परिवार नमाज पढिरहेका थिए । त्यसपछि लादेन आफ्नी पत्नीका साथ माथिल्लो शयन कक्षमा गए । रातको करिब ११ बजे अलकायदा प्रमुख ओसामा बिन लादेन गहिरो निन्द्रामा थिए ।
पाकिस्तानको एबटाबादमा ओसामाको यो गोपनिय घरमा अचनाक बिद्युत आपूर्ति बन्द भयो । पुरा घर अध्याँरो भयो । त्यसो त पाकिस्तानमा बिजुली जानु सामन्य कुरा हो । त्यसैले यस कुरालाई कसैले गंभिरतापूर्वक लिएनन् ।
मध्यरातमा अचानक अमालको निन्द्रा विथोलियो । उसले केहि सुनेको अनुभव गरिन् । उनको अनुहारमा भय र चिन्ता एकसाथ कोरिए । उनलाई लाग्यो कि, कोहि माथि उक्लदैछ ।
अमालले अर्को दृश्य पनि देखिन् कि कोहि झ्यालबाट भित्र प्रवेश गर्दैछन्, जसको मधुरो छाँया देखिए । एक्कासी गडगडाहट आवाज बढ्यो । र, त्यो आवाज थप तिब्र हुँदै गयो । अमालको अनुसार त्यसबेला लादेन अचानक ओछ्यानबाट उठे । उनको अनुहारमा भयको बादल मडारिएको थियो । त्यहीं लादेन पक्राउ परे ।
अमालले भनेकी छिन्, ‘मैलें माथि उक्लदै गएको केहि चिज हिंस्रक रुपमा देखिरहेकी थिएँ ।’ त्यो देखेपछि दुबैले हाम फालेर भाग्ने प्रयास गरे । त्यहीबेला घरको ढोका थर्रराउँदै खोलियो । बालकनीको ढोका अध्याँरोमा मुनीबाट माथि उठ्दै गरेको देखियो । अमेरिकाको एक ब्ल्याक हक हेलिकप्टर उनले घरको सामुन्ने देखिन् । केहि समयपछि अर्को
हेलिकप्टर पनि देखियो । त्यसपछि अमेरिकी सेनाको स्पेशल टिम उत्रिएर दोस्रो फ्लोरको शयनकक्षामा उक्लिए ।
अमाललाई लाग्यो कि, उनीहरुमाथि भयानक धोका हुँदैछ । ओसामा बिन लादेनको जीवनको आखिरी मिनेटको कुरा अमालले कितावमा बताएकी छिन् । बर्षौदेखि लादेनको परिवार त्यस घरमा बन्द थिए ।
ओसमाले आफ्नी पत्नीलाई बच्चा लिएर तल्लो फ्लोरमा जानका लागि भने । उनले के पनि भने भने, ?मार्ने मलाई हो, तिमीहरुलाई होइन ।्’ तर, आमालले आफ्नो छोरा हुसैनसँगै आफुपनि लादेनसँग बस्न चाहेकी थिइन् ।
अमालले भनेकी छिन्, ‘हेलिकप्टरको आवाजको कारण उसको (लादेन) निन्द्रा खुल्यो । उनले भने, अमेरिका आयो । एक जोडदार आवाज आयो र घर पूर्ण रुपले हल्लियो । हामी एकअर्कालाई समातेर बालकोनीमा लुक्यौं । त्यस रात घनघोर अध्याँरो थियो, त्यसैले बाहिरका दृश्यहरु प्रष्ट देखिदैनथ्यो । अमेरिकी सैनिक हाम्रो घरभित्र प्रवेश गरिसकेका थिए । सेहम र खालिद अमेरिकीसँगै आएको देखिए ।’
ओसामाले खालिदलाई बोलाए । उसले एके ४७ उठाए । तर, खालिद बन्दुक चलाउन सक्ने थिएनन्, किनभने त्यसबेला उनको उमेर १३ वर्षको मात्र थियो । बच्चा रोइरहेका थिए । त्यसबेलासम्म अमेरिकी सेना टप फ्लोरमा पुगिसकेका थिए । त्यसपछि सबैकुरा खत्तम हुन कतिबेर पनि लागेन । एजेन्सी































प्रतिक्रिया