लुम्बिनीमा टिपरको ठक्करबाट बालकको मृत्यु

लुम्बिनीमा टिपरको ठक्करबाट बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी ।

भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Skip This
Skip This
Logo