‘वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा’

‘वाम एकताले भौगोलिक ध्रुवीकरणको खतरा’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । उदयपुर, ३० असोज ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सहरी विकास मन्त्री डा नारायण खड्काले पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा भएको बताएका छ ।

आज नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए ।

माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने उनले बताए । उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्य नहुने पनि बताए ।

डा खड्काले वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन खलबलिने खतरा रहेको बताए । यसका साथै खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिक रूपमा सरकारबाट फिर्ता बोलाउनुपर्नेमा पनि जोड दिए ।

एक अर्को प्रसंगमा उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको उपलब्धि भएको बताए । आन्दोलनरत दललाई निर्वाचनमा सहभागी गराउनु र संविधानलाई सर्वस्वीकार्य बनाउनु सरकारको उपलब्धि भएको खड्काले बताए ।

संविधानसभाको निर्वाचन २०६४ र २०७० सालमा उदयपुरबाट निर्वाचित डा खड्काले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट आफू उम्मेदवारी बन्ने सम्भावना बढेको समेत बताएको राससले जनाएको छ ।

Skip This
Skip This
Logo