म्याग्दी, ३० असोज

म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । "/>

म्याग्दीमा आज ४.२ रेक्टर स्केलको भूकम्प

म्याग्दीमा आज ४.२ रेक्टर स्केलको भूकम्प

केन्द्रबिन्दु
0
Shares

म्याग्दी, ३० असोज

म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारी अनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस भएको ताकमका गोपाल आचार्यले बताए ।
रासस

Logo