काठमाडौं,३०,असोज
स्थानिय चुनावमा माओवादी र काँग्रेसको निकै साँठ गाँठ रहेको चितवनमा अहिले अर्कै वातावरण बनेको छ । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले चुनावी तापक्रम बढ्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएकाले भरतपुर महानगरपालिकाको निर्वाचन जस्तै चर्चा यो क्षेत्रको पनि हुने देखिएको छ । फरक यत्ति हो कि, कांग्रेससँग गठवन्धन गरी छोरीलाई मेयर जिताएका प्रचण्ड यसपटक एमालेसँग गठवन्धन गरी आफैं उठ्दैछन् । ५ महिनाको वीचमा नै माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक गठवन्धन कांग्रेस हुँदै एमाले सम्म आइपुगेको छ । हिजो प्रचण्डपुत्रीलाई जिताउन मतपत्र च्यात्न राज्यसत्ताको समेत दुरुपयोग गरेको आरोप खेपेको कांग्रेसले अहिले प्रचण्डलाई हराउन राप्रपाको साथ लिँदैछ । यहाँको राजनितीले अहिले फरक मोड लिएपछि सबैको चासोको विषय बनेको बताइन्छ ।





























प्रतिक्रिया