काठमाडौं,३०,असोज
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन्। "/>

हाम्रो सहयोग प्रगतिशील शक्तिलाई हुन्छ : वैद्य

हाम्रो सहयोग प्रगतिशील शक्तिलाई हुन्छ : वैद्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन्।
पार्टीको असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवाद विरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने स्पष्ट गरे। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई दक्षिणपन्थी बीचको एकता भएको टिप्पणी गर्दै उनले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए। ‘उनीहरु र हामीबीच कैयौं कुरा मिल्दैनन्। तैपनि सच्चा कम्युनिष्ट पार्टीबीच एकीकरण गरौं भन्ने होु उनले भने, ‘‘पार्टी एकता गर्ने प्रयास जारी नै रहेको छ। सम्मेलनले पार्टीको विधान परिमार्जन गर्दै महासचिव पद्धति अपनाउनाका साथै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको सो पार्टीका नेता हरिभक्त कँडेलले जानकारी दिए।
रासस

Logo