‘महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नु पर्छ’ : शेखर गोल्छा

‘महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नु पर्छ’ : शेखर गोल्छा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नु पर्ने बताएका छन् ।

महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताए । महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यायसी किशोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनै पर्ने बताएका हुन् ।

सबै पूर्व अध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए। निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफूले नेतृत्व गर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त गरे ।

आफूले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताए। उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सिमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यायसी किशोर प्रधानको समूहलाई साथ दिएका छन् ।

Skip This
Skip This
Logo