काठमाडौं,३०,असोज
रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्तिसँगै संसदमा विचाराधीन १९ वटा विधेयक स्वतः निष्क्रिय भएका छन् । "/>

संसदमा विचाराधीन १९ वटा विधेयक निष्क्रिय

संसदमा विचाराधीन १९ वटा विधेयक निष्क्रिय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्तिसँगै संसदमा विचाराधीन १९ वटा विधेयक स्वतः निष्क्रिय भएका छन् । निष्क्रिय भएका विधेयकमा झन्डै चार वर्ष पुरानो अदालतको अपहलेना विधेयकदेखि बहुचर्चित चिकित्सा शिक्षा विधेयक सम्म छन् । संविधान कार्यान्वयन र निर्वाचनसँग जोडिएको राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पनि स्वतः निष्क्रिय भएको छ । अदालतको अपहलेना विधेयक संविधानसभाको कार्यकालमै दर्ता भएको थियो । विधेयकमा प्रस्तावित व्यवस्थामा सञ्चार संस्थाबाट विरोध भएपछि जनमतका लागि अनुमोदन गरिएको थियो । जनमतको प्रतिवेदन आएको डेढ वर्षभन्दा बढी समय भए पनि विधेयक पारित नभई निष्क्रिय भएको हो । संसदीय इतिहासमा विधेयक जनताको रायका लागि अनुमोदन गरिएको पहिलो पटक थियो ।
गोरखापत्रबाट

Logo