काठमाडौ २९ आश्विन। राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमि नरहेको वताए ।
राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा एनआरएनए सम्मेलनमा आएका राप्रपा समर्थित प्रवासी नेपालीहरूसंगको अन्तरक्रियामा वोल्दै उनले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको र भविष्यमा पनि साथ दिने कुरा वताए । उनले राष्ट्रियता प्रजातान्त्रि,स्थायित्व र आर्थिक समृद्धिमा प्रवासी नेपालीको संस्था एनआरएनए को भुमिका महत्वपूर्ण रहेको बताए ।
विभाग प्रमुख विजय खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रेमकुमार श्रेष्ठ,अमेरिकाका श्री पराजुली,पोर्चुगलका रमेसराज वास्तोला,अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाह लगाएतले सम्वोधन गरेका थिए ।































प्रतिक्रिया