विराटनगर, २९, असोज
२० वर्षदेखि उखुखेती गर्दै आएका सुनसरी बर्जु २ का कमलप्रसाद कामत यो वर्ष देखि तोरी लगाउने योजनामा छन् । "/>

उखुखेतीको विकल्प खोज्दै किसान

उखुखेतीको विकल्प खोज्दै किसान

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २९, असोज
२० वर्षदेखि उखुखेती गर्दै आएका सुनसरी बर्जु २ का कमलप्रसाद कामत यो वर्ष देखि तोरी लगाउने योजनामा छन् । बर्जु गाउँपालिकाकै बौकी साह त एक बिघा खेत जोतेर तोरी छर्ने मौसमको पर्खाइमा बसेका छन् । वासुदेव साह र राजेन्द्र कामतको पनि उखुखेती प्रति मन मरेर आएको छ । उनीहरू जस्ता धेरै किसानले यही वर्ष खेती परिवर्तन गर्ने तयारी थालेका छन् । बौकी भन्छन्, अब तोरी लगाउने, उखुबाट वाक्क भएँ । दुःख पनि धेरै पाइयो । यही मंसिर देखि उखुखेती नगर्ने निष्कर्षमा पुगेका किसानहरू एकसाथ छाड्ने विषयमा छलफल समेत भएको सुनाउँछन् । कामत भन्छन्, ‘उखुको विकल्प नखोजी नहुने भएपछि हामीले अरू बाली लगाउन थालेका हौं । कतिपय साथीहरू दलहन बालीबारे पनि बुझ्दै छन् ।
अन्नपूर्णपोष्टबाट

Logo