काठमाडौँ, २९, असोज
निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शनिबार शपथ गराएकी छिन् । त्यस अघि उनले आयोगका पदाधिकारीसँग मन्त्रिपरिषद् विस्तारबाट निर्वाचन आचारसंहिता उल्लंघन भए–नभएबारे सुझाब मागेकी थिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गम्भीर आपत्ति जनाएका थिए । ‘प्रधानमन्त्री सहित प्रमुख दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न हस्ताक्षर गरेकै दिन विस्तार गर्नु आपत्तिजनक छ,’ उनले भनेका थिए । यसअघि स्थानीय तह निर्वाचनको मुखमा मन्त्रिपरिषद विस्तार हुँदा आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै सच्याउन पत्र नै लेखेर सरकारलाई निर्देशन दिएको थियो । तर शनिबार राष्ट्रपतिसँगको छलफलमा भने प्रमुख आयुक्त यादवले मन्त्रिपरिषद विस्तारले आचारसंहिता उल्लंघन नभएको र शपथ गराउन ठीक हुने सुझाब दिए । दिउँसो १२ बजे अन्य आयुक्त र सचिवसहित उनी राष्ट्रपतिनिवास पुगेका थिए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया