भरतपुर , २९, असोज

भरतपुरको क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागले सन् २००३ देखि सन् २०१२ सम्म निकालेको तथ्याङ्क अनुसार देशभरका विभिन्न सातवटा अस्पतालमा यो अवधिमा क्यान्सर लागेर उपचारका लागि आउने विरामीको संख्या चार हजार ७२९ रहेको छ । "/>

एक दशकमा चार हजार सात सय महिलालाई स्तन क्यान्सर !

एक दशकमा चार हजार सात सय महिलालाई स्तन क्यान्सर !

केन्द्रबिन्दु
0
Shares

भरतपुर , २९, असोज

भरतपुरको क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागले सन् २००३ देखि सन् २०१२ सम्म निकालेको तथ्याङ्क अनुसार देशभरका विभिन्न सातवटा अस्पतालमा यो अवधिमा क्यान्सर लागेर उपचारका लागि आउने विरामीको संख्या चार हजार ७२९ रहेको छ । यो संख्या भरतपुर क्यान्सर अस्पताल सहित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, काठमाडौंको बिर अस्पताल, महाराजगञ्जको त्रिबि शिक्षण अस्पताल, कान्ती बालअस्पताल र पोखराको मनिपाल शिक्षण अस्पतालमा समेत उपचार गराउन आएका विरामीको पनि हो । अहिले थप पाँचवटा सहित १२ अस्पतालको तथ्याङ्क राख्न थालिएको छ । सन् २००३ मा सातवटै अस्पतालमा जम्मा स्तनक्यान्सर हुने विरामीहरु २८४ जना थिए । त्यसपछि क्रमशः बढ्दो अवस्थामा नै रहेको बिरामीको संख्या सन् २०१२ मा ६६२ पुगेको थियो । एक दशकमा क्यान्सरका कुल ५६ हजार १३ बिरामी फेला पर्दा स्तन क्यानसर हुनेहरु मात्रै आठ दशमलब चार प्रतिशत अर्थात चार हजार ७२९ पुगे ।
नागरिकबाट

Skip This
Skip This
Logo