नवलपरासीमा सवारी दुर्घटना

नवलपरासीमा सवारी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

नवलपरासी, २८ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफँै अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो । 

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

Skip This
Skip This
Logo