काठमाडौँ, २८, असोज
आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङलाई चीनबाट पेट्रोलियम पदार्थ आयातको जिम्मेवारी सुम्पिने तयारी गरेको छ। "/>

चीनबाट इन्धन आयातको जिम्मेवारी नेसनल ट्रेडिङलाई दिइँदै

चीनबाट इन्धन आयातको जिम्मेवारी नेसनल ट्रेडिङलाई दिइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८, असोज
आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङलाई चीनबाट पेट्रोलियम पदार्थ आयातको जिम्मेवारी सुम्पिने तयारी गरेको छ। ट्रेडिङलाई सो जिम्मेवारी प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। लामो समयदेखि काम विहीन बनेपछि आपूर्ति मन्त्रालयले ट्रेडिङको सञ्चालक समितिलाई आगामी कार्यदिशा के हुने र कसरी अगाडि बढ्ने भन्ने विषयमा विज्ञहरूको सुझाव सहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । मन्त्रालयको निर्णयपछि ट्रेडिङले चारजना विज्ञहरू मार्फत सुझाव संकलन गरेको थियो । विज्ञ टोलीमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, व्यवस्थापन विभाग प्रमुख प्राडा पुष्कर बज्राचार्य, पूर्वउद्योग सचिव कृष्ण ज्ञवाली र संस्थान निर्देशन बोर्डका पूर्वअध्यक्ष विमल वाग्ले रहेका थिए।

विज्ञ टोलीले चीनबाट इन्धन आयात गर्ने लगायत अन्य चार वटा विषयमा काम गर्न सकिने सहितको सुझाव ट्रेडिङलाई दिएको थियो । चीनबाट पेट्रोलियम पदार्थको आयात गर्ने, कालोपत्रे उत्पादन गर्ने, आयल निगम वा खाद्य संस्थानसँग गाभ्ने, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग गाभ्ने, र यस अघिकै अवस्थामा पुनः सञ्चालनमा ल्याउन सकिने सहितको सुझाव पाएपछि पाँच विकल्प सहित ट्रेडिङले मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo