काठमाडौं,२६, असोज
मुग्लिङ नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने भएको छ । सडक विस्तारको काम ६ महिना भित्रै पूरा हुने भएकाले सडक क्षमता अनुसार नयाँ पुल बनाउन लागिएको हो । "/>

मुग्लिङ -नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने

मुग्लिङ -नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६, असोज
मुग्लिङ नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने भएको छ । सडक विस्तारको काम ६ महिना भित्रै पूरा हुने भएकाले सडक क्षमता अनुसार नयाँ पुल बनाउन लागिएको हो । विश्व बैंकको करिब दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा अहिले दुई लेनको सडक चार लेन बनाउने काम भइरहेको छ । सडक निर्माण अन्तिम चरणमा पुगेकाले छिटोभन्दा छिटो सक्ने गरी पुल निर्माण गर्न लागिएको सडक विभागले जानकारी दिएको छ। सबैजसो पुल पुराना र जीर्ण हुँदै गएका छन् । ३५ वर्ष भन्दा पुराना पुल साँघुरा पनि छन् । विस्तारित सडकको क्षमता नथेग्ने पुल नहुँदा नयाँ बनाउनुपर्ने आवश्यकता देखिएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । यो सडकखण्डमा सानाठूला गरी १८ वटा पुल छन् । सडक विभागले विश्व बैंकको सहायता र सरकारको बजेटबाट नयाँ पुल बनाउनेछ । सबै पुल बनाउन एक अर्ब रुपैयाँ भन्दा बढी खर्च लाग्नेछ ।अन्नपूर्णपोष्टबाट

Logo