काठमाडौं , असोज,२५
व्यवस्थापिका–संसद्को हिजोको तेस्रो बैठकले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । "/>

स्वास्थ्य बीमा विधेयक पारित : प्रत्येक नेपाली स्वास्थ्यबीमामा आबद्ध हुनु पर्ने

स्वास्थ्य बीमा विधेयक पारित : प्रत्येक नेपाली स्वास्थ्यबीमामा आबद्ध हुनु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , असोज,२५
व्यवस्थापिका–संसद्को हिजोको तेस्रो बैठकले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदन सहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवा सम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तह सम्म गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवाका लागि सो विधेयक सहयोगी हुने सांसदहरुले बताए । विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ । सांसदहरु केशवप्रसाद बडाल, शक्तिबहादुर बस्नेत, राजेन्द्रकुमार पाण्डे, गगनकुमार थापा, डिल्लीप्रसाद काफ्ले, मीना पुन, चूडामणि बिक जंगली, गुरुप्रसाद बुर्लाकोटी, प्रेम सुवाल लगायतले छलफलमा भाग लिएका थिए ।
रासस

Skip This
Skip This
Logo