मनाङ, असोज,२५
सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएका छन् । "/>

मनाङमा कांग्रेस र एमालेको तिव्र प्रतिश्पर्धा हुने

मनाङमा कांग्रेस र एमालेको तिव्र प्रतिश्पर्धा हुने

केन्द्रबिन्दु
0
Shares

मनाङ, असोज,२५
सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएका छन् । एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङमा यस पटक यी दुई पार्टीबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ भने एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ ।

कांग्रेसले प्रदेशको क्षेत्र नं. १ मा चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ । त्यस्तै एमालेले प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । यस्तै कर्म गुरुङलाई प्रत्यक्षतर्फ कांग्रेसले प्रदेश क्षेत्र नं. २ मा सिफारिस गरेको छ । एमालेले राजीव गुरुङ (दीपक मनाङे) लाई सिफारिस गरेको छ । कांग्रेसका सांसद गुरुङ संविधान सभा निर्वाचन ०७० मा विजयी भएका थिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo