सर्लाही, असोज, २५

जिल्लाको कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ। "/>

सर्लाहीमा सुन व्‍यवसायी शाहको गोली हानी हत्‍या

सर्लाहीमा सुन व्‍यवसायी शाहको गोली हानी हत्‍या

केन्द्रबिन्दु
0
Shares

सर्लाही, असोज, २५

जिल्लाको कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ। सर्लाहीको पीडारीमा सुनचाँदी पसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूहले गोली हानी हत्‍या गरेको हो । शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर पर रहेको छ। मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली हानेको बुवा नागेन्द्र शाहले बताए। उनले भने, हामी बाबुछोरा पसल बन्द गरेर आउँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्‍न लगायो र म सँग भएको गरगहना माग्‍यो। तर मैले दिन नमानेपछि उनीहरुले गोली चलाए। मृत शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo