लहान, असोज,२५
अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ। "/>

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

लहान, असोज,२५
अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ। साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका ६ निवासी २५ वर्षीय नवराज कोइराला माथि गोली प्रहार गरेका हुन्। गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
अन्नपूर्णपोष्टबाट

Logo