काठमाडौं, २४, असोज
सरकारले १० र २१ मंसीरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले ५७ दिनका लागि ९८ हजार २६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्ष सहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नेपाल प्रहरी सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया