काठमाडौं, २४, असोज
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन् । यादवको भनाइ उद्धृत गर्दै देउवाले भनेका थिए, आफूहरूको एकता निर्वाचन तालमेलका लागि हो, कसैलाई सत्ताबाट हटाउन वा ल्याउन होइन ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया