केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज
काभ्रे जिल्ला अदालतमा कार्यरत नायव सुब्बा राजेन्द्र खत्रीलाई २३ असोजमा घुसलिदालिँदै अख्तियार टोलीले पक्राउ गरेको छ । सेवाग्राहीवाट रु. १ लाख २५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई धुलिखेर बसपार्कवाट पक्राउ गरेको हो ।
सवारी दुर्घटनामा भएको अङ्गभङ्ग मुद्दा मिलाईदिने भनि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारले उनलाई घुस रकम लिदै गर्दा धुलिखेल बसपार्कबाट नियन्त्रणमा लिएको हो । निजमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।































प्रतिक्रिया