असोज,२३, काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले हिजो अपराह्न निर्वाचन आयोग कान्तिपथमा उपस्थित भई स्पष्टीकरण बुझाएएका छन् । आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।
आयोगका प्रवक्ता नवराज ढकालले पर्यटनमन्त्री देवले आयोगमा उपस्थित भई स्पष्टीकरण बुझाएको जानकारी दिए । आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हँुदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।
रासस































प्रतिक्रिया