काठमाडौँ, २२, असोज
नेकपा एमालेले तीन पार्टी बीच भएको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति कांग्रेसे विरुद्ध नभएको बताएको छ। सत्तारूढ दल कांग्रेसले वामपन्थी गठबन्धन ‘अपवित्र’ भन्ने आरोप लगाएपछि प्रमुख प्रतिपक्ष दल एमालेले वापमन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न कांग्रेसलाई चेतावनी दिएको हो।
शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकाल्दै सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय गरेको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वाम एकता र सहमतिलाई लोकतन्त्र माथिको खतरा, अधिनायकवादको यात्रा, राजनीतिक अस्थिरता निम्त्याउने खेल भन्नु गलत भएको निष्कर्ष बैठकले निकालेको बताए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया