काठमाडौँ, २२, असोज
भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् । टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले असोज १९ गते विहान ६ बजे देखि भाषण सुरु गरेका उनकी श्रीमती पारु केसीले जानकारी दिइन् । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ । यसअघि भारत गुजरात स्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका थिए ।
हिजो दिउँसो ३ बजे सम्म केसीले ५७ घण्टा अनवरत भाषण गरी सकेको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिए । सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँले विहानीको आयोजना तथा लियो क्लव लगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ । भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनेछन् भने एक घण्टामा पाँच मिनट विश्राम पाउनेछन् । उनले दिनरात उभिएर भाषण गर्छन् भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ । रासस































प्रतिक्रिया